हामी को हौं
आशाका किरण संस्था (Rays of Hope Organization) एक स्वशासित, गैरनाफामूलक, गैरराजनीतिक तथा गैरसरकारी सामाजिक संस्था हो। वि.सं. २०७७ मा स्थापना भएको यस संस्थाको केन्द्रीय कार्यालय दाङ जिल्लाको राप्ती गाउँपालिका वडा नं. १, भालुबाङमा रहेको छ। हाम्रो मुख्य कार्यक्षेत्र हाल दाङ जिल्ला हो, र स्थानीय निकायको स्वीकृतिमा आवश्यकता अनुसार नेपालभर विस्तार गर्न सकिन्छ।

हाम्रो दृष्टिकोण
बेरोजगारीले बढाउने विकृति तथा कुलतबाट समाजलाई मुक्त गर्न युवाहरूको सक्रिय सहभागिता र सिर्जनशीलता अपरिहार्य छ भन्ने विश्वासका साथ हाम्रो संस्था स्थापना भएको हो। हामी सामाजिक कुरीति, विकृति र अनियमितता अन्त्य गरी सभ्य तथा प्रगतिशील समाज निर्माणमा समर्पित छौं।
हाम्रा उद्देश्य
- युवाहरूलाई संगठित गरी सामाजिक कार्यमा नेतृत्व लिन प्रोत्साहन गर्ने।
- स्वास्थ्य शिविर तथा जनचेतनामूलक कार्यक्रममार्फत सामुदायिक स्वास्थ्य र जीवनस्तर सुधार गर्ने।
- प्राकृतिक तथा गैरप्राकृतिक विपद्बाट प्रभावितलाई मानवीय सहयोग र राहत उपलब्ध गराउने।
- आर्थिक रूपले विपन्न समुदायको उत्थानका लागि सीपमूलक तालिम सञ्चालन गर्ने।
- खेलकुद कार्यक्रम आयोजना तथा प्रवर्द्धन गरी युवाहरूलाई एकताबद्ध गर्ने।
- जातीय तथा लैङ्गिक भेदभाव, अन्धविश्वास, बालविवाह लगायतका हानिकारक सामाजिक प्रथा हटाउन जनचेतना अभियान सञ्चालन गर्ने।
- वृक्षरोपण कार्यक्रममार्फत वातावरण संरक्षणलाई प्रोत्साहन गर्ने।

हाम्रो आधिकारिक छाप
आशाका किरण संस्था, राप्ती गाउँपालिका-१, दाङको आधिकारिक छाप। स्थापना वि.सं. २०७७।
हाम्रो कार्यक्षेत्र
हाम्रो मुख्य कार्यक्षेत्र दाङ जिल्ला हो। केन्द्रीय कार्यालय राप्ती गाउँपालिका-१, भालुबाङमा छ।
सम्पर्क गर्नुहोस्