मेरो एक कदम समाजसेवा तर्फ
My one step toward social service
आशाका किरण संस्था दाङ, नेपालमा युवा तथा समुदायसँग मिलेर काम गर्ने गैरनाफामूलक, गैरराजनीतिक सामाजिक संस्था हो।


हाम्रो लक्ष्य
युवाहरूको सक्रिय सहभागिता र सिर्जनशीलताले समाजलाई हानिकारक बानी र कुरीतिबाट मुक्त गर्छ र सभ्य, प्रगतिशील समाज निर्माणमा मद्दत गर्छ भन्ने विश्वासमा हामी काम गर्छौं।
हाम्रो बारेमा जान्नुहोस्- स्थापना वि.सं. २०७७
- भालुबाङ, दाङ
- गैरनाफामूलक तथा गैरराजनीतिक
- सात कार्यक्षेत्र
हाम्रा कार्यक्रम
समुदायको आवश्यकतामा आधारित सात कार्यक्षेत्र।
- सामुदायिक जनचेतना कार्यक्रमCommunity Awareness Programsजातीय तथा लैङ्गिक भेदभाव, अन्धविश्वास, बालविवाह लगायतका हानिकारक प्रथा हटाउन जनचेतना अभियान।
- युवा सशक्तीकरण तथा विकासYouth Empowerment & Developmentयुवाहरूलाई संगठित गरी आफ्नै समुदायमा सामाजिक कार्यको नेतृत्व लिन प्रोत्साहन।
- स्वास्थ्य जनचेतना तथा सहयोगHealth Awareness & Supportसामुदायिक स्वास्थ्य र जीवनस्तर सुधारका लागि स्वास्थ्य शिविर तथा जनचेतना कार्यक्रम।
- मानवीय सहयोगHumanitarian Supportप्राकृतिक तथा गैरप्राकृतिक विपद्बाट प्रभावितलाई सहयोग र राहत।
- जोखिममा परेका समुदायका लागि सहयोगSupport for Vulnerable Communitiesआर्थिक रूपले विपन्न समुदायको उत्थानका लागि सीपमूलक तालिम।
- वातावरण संरक्षण तथा जनचेतनाEnvironmental Awareness & Conservationवृक्षरोपण तथा जनचेतना कार्यक्रमद्वारा वातावरण संरक्षण।
- खेलकुद तथा युवा गतिविधिSports & Youth Activitiesयुवाहरूलाई एकताबद्ध गर्ने खेलकुद कार्यक्रम।
हाम्रा सामाजिक सेवा तथा सामुदायिक कार्यक्रमहरू सामान्यतया निःशुल्क हुन्छन्। सहयोग समुदायको आवश्यकता, कार्यक्रमको उपलब्धता र संस्थाको स्रोत अनुसार उपलब्ध गराइन्छ।





